Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै 


    बिहिबार, मंसिर २२ २०७९
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।

    उक्त बैठक मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने भएको कांग्रेस का एक नेताले बताए। 

    साथै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार