सुर्खेत। कर्णाली प्रदेशसभामा प्रत्यक्ष तर्फ २४ सदस्य रहेकामा ४ जना मात्र पुराना दोहोरिका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ मा १६ जना प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रर्णालीबाट प्रतिनिधित्व गर्नेछन् ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समान ९–९ सिट जितेको जित्दै गर्दा नेकपा एमालेले ५ र एक स्थानमा विजयी भएका छन् । माओवादी केन्द्रबाट सल्यान ‘क’ बाट भीमप्रकाश शर्मा, मुगु ‘ख’ बाट मंगलबहादुर शाही, कालिकोट ‘क’ बाट दुर्गबहादुर रावत, हुम्ला ‘क’ बाट रनसिंह परियार, सुर्खेत–१ ‘ख’ बाट कृष्णबहादुर जिसी, रुकुम पश्चिम ‘क’ बाट महेन्द्र केसी र ‘ख’ बाट राजकुमार शर्मा प्रदेशसभाका लागि नयाँ अनुहार हुन्। कांग्रेसका नौ मध्ये आठ जना नयाँ अनुहार रहेका छन् ।
जाजरकोट ‘क’ बाट बेदराज सिंह, ‘ख’ बाट राजीवविक्रम शाह, दैलेख–१ ‘क’ बाट पूर्णबहादुर खत्री, ‘ख’ बाट कृष्णकुमार विसी, सल्यान ‘ख’ बाट सुरेश अधिकारी, कालिकोट ‘ख’ बाट हिक्मतबहादुर विष्ट, दैलेख–२ ‘क’ बाट घनश्याम भण्डारी, र सुर्खेत–१ ‘क’ बाट खड्कबहादुर पोखरेल नयाँ अनुहारका रूपमा प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् ।
नेकपा एमालेबाट डोल्पा ‘क’ बाट निर्वाचित शेरबहादुर बुढा, मुगु ‘क’ बाट निर्वाचित जीतबहादुर मल्ल, जुम्ला ‘ख’ बाट निर्वाचित टेकबहादुर पछाई र दैलेख–२ ‘ख’ बाट निर्वाचित विनोदकुमार शाहले यो पटक पहिलो पटक प्रदेशमा सहभागी हुँदै छन् ।
यस्तै स्वतन्त्र उठेर जितेका जुम्ला ‘क’ का देवेन्द्रबहादुर शाही पनि पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै छन्। कांग्रेसबाट टिकट नपाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
प्रदेशसभामा १६ जना समानुपातिक तर्फबाट प्रदेससभामा प्रतिनिधित्व गर्ने छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक मत परिणामका आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँच÷पाँच, माओवादी केन्द्रबाट चार र एकीकृत समाजवादी र राप्रपाले एक–एक समानुपातिक प्रदेशसभा सदस्य पाउने सम्भावना छ । प्रत्यक्षतर्फ कुनै पनि दलबाट महिला प्रदेशसभा सदस्यमा महिला निर्वाचित नभएकाले १६ मध्ये १३ जना अनिवार्य महिलालाई ल्याउनुपर्ने अवस्था छ ।
त्यस्तै प्रदेशसभामा दोहोरिएका चार जनामध्ये हुम्ला ‘ख’ बाट मुख्यमन्त्री जीवनबहादुर शाही , बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही डोल्पा ‘ख’ बाट , पुर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट सुर्खेत–२ ‘ख’ बाट र नेकपा एमालेबाट सुर्खेत–२ ‘क’ बाट यामलाल कँडेल दोहोरिएका छन्।
अहिले प्रदेशसभा सचिवालयले कार्यालय व्यवस्थापन, विभिन्न कार्यकक्ष सजावट, रंगरोगन, बगैँचा गोडमेल तथा मर्मत सम्भारलगायत कामहरू भइरहेका प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।
यसअघिको प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राप्रपालगायतका चार दलका लागि कार्यालयको व्यवस्थापन गरिएको थियो। एकीकृत समाजवादी र स्वतन्त्र सांसदका लागि पनि कार्यालय व्यवस्थापन गरिने भएको छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend