Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, यस्तो छ सर्वाेच्च अदालत परिसर (तस्बिरहरु)


    बुधबार, मंसिर २१ २०७९
    840
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ ।  निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् । 

    नेपाल बार एसोसिएसनकै नेतृत्वमा कानुन व्यवसायी सर्वाेच्च अदालतमा धर्नामा बसेका हुन् । कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

    newskarkahna-news417797.jpg
    undefined

    उक्त पत्र पाएपछि बुधबार नै जबरा प्रधानन्यायाधीशको हैसियतमा पुन: सर्वोच्च अदालतमा हाजिर हुन तयारीमा छन् । उनलाई रोक्न सर्वाेच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका हुन् । 

    यस्तै, एकाएक बुधबार दिउँसोबाट सर्वाेच्च अदालत परिसरमा भिडभाड बढेको छ । १० महिनापछि जबरा सर्वाेच्च आउन लागेका र उनलाई रोक्न कानुन व्यवसायी धर्नामा बसेका छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

    newskarkahna-news417796.jpg
    undefined
    newskarkahna-news417793.jpg
    undefined
    newskarkahna-news417795.jpg
    undefined
    newskarkahna-news417790.jpg
    undefined
    newskarkahna-news417792.jpg
    undefined
    newskarkahna-news417794.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार