Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरपालिकामा ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्नेले शुल्क तिर्न पर्दैन: रेणु दाहाल


    बुधबार, मंसिर २१ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले अब ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताले कुनै शुल्क तिर्न नपर्ने घोषणा गरेकी छन्। 

    आज बुधवार भरतपुरमा आयोजित एक कार्यक्रममा मेयर दाहालले यही मंसिर महिनादेखि ७ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने उपभोक्तासँग शुल्क नलिने र  खानेपानीको क्षेत्रमा भरतपुर महानगरपालिकाको विभिन्न उपलब्धीहरू हासिल गरेको दाबी गरिन् । उनले दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने जानकारी पनि दिइन् । सोही लक्ष्यअनुसार काम तीव्रगतिमा भइरहेको उनको भनाइ छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार