Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न एमालेको माग


    आइतबार, मंसिर १८ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न माग गरेको छ। 

    हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको एमालेले विनापूर्वाधार राजधानी तत्काल दाङ नसार्न  भन्दै ध्यानाकर्षण गराएको हो । 

    वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ । 

    एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार