Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखाको मतगणना नसकिंदै लामाले हार स्वीकार्दै लेखे– सूर्यमुखी कांग्रेसले जित्दाजित्दैको चुनाव हराए


    आइतबार, मंसिर १८ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट दोलखाको प्रदेश (ख)बाट उम्मेदवारी दिएका बर्मा लामाले मतगणना जारी रहँदा नै आफू पछि परेपछि पराजय स्वीकार गरेका छन् । उनले मतगणना नसकिंदै उक्त प्रदेशका नेकपा एमालेका उम्मेदवार भरत केसीको तस्वीर राखी उनलाई बधाइ दिएका छन् । केसीलाई बधाई दिंदै उनले आफूले जित्दाजित्दैको निर्वाचन सूर्यमुखी कांग्रेसका कारण हारेको उल्लेख गरेका छन् ।

    कांग्रेसले नै एमालेलाई सहयोग गरेकाले आफूले हार्नुपरेको उनले संकेत गर्दै सूर्यमुखी कांग्रेस र पत्रकारजीहरुलाई समेत ब्यंग्यात्मक बधाइ दिएका छन् । बधाई मात्र होइन, उनले शुभयात्रा शब्द समेत प्रयोग गरेका छन् ।  

     पराजय निश्चित भएपछि नेपाली कांग्रेस दोलखाका साभापति समेत रहेका लामाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘सुर्यमुखी काँग्रेसहरु जसले जित्दाजित्दैको निर्वाचन हराउन सफल हुनुभयो त्यस्ता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहन्छु ।

    नेपाली काँग्रेसलाई बचाउन इमानदारीपूर्वक लड्ने सिपाहीहरु, मतदाताहरु, सहयोगी मनहरुलगायत सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक नमन गर्दै कृतज्ञता ब्यक्त गर्दछु । म तपाईंहरुको दुस्खको साथीको रुपमा जीवन छउन्जेल रहनेछु, सम्झना राख्नुहुनेछ भन्ने विश्वास लिएको छु । अन्य कुराहरुको समीक्षा पछि गरौला ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार