Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा: नेकपा एसलाई थ्रेस होल्ड कटाउन अझै सकस


    शुक्रबार, मंसिर १६ २०७९
    740
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । यही मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

    प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ८२ हजार ८५ मत गणना हुँदा नेकपा एमाले अग्रता कायमै राखेको छ। 

    आज मंसिर १६ गते शुक्रबार बिहान १० बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मतसहित अग्रता कायमै राखेको हो। यसैगरी सत्ता गठबन्धन दल नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । 

    नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै रहेर ११ लाख ६१ हजार २५६ मत ल्याएको छ ।

    ११ लाख १९ हजार ९६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८५ हजार ९२१ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९३१ मत पाउँदै छौटौँ स्थानमा छ ।

    जनमत पार्टी तीन लाख ९४ हजार ३४५ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार ६३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ । 

    अन्य विभिन्न पार्टीले एक लाखभन्दा कम मत पाएर थ्रेस होल्ड कटाउन अझै सकस परिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार