Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • मुचुल्काभन्दा बढी मत देखिएपछि बाजुरामा मतगणना रोकियो


    शुक्रबार, मंसिर १६ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • बाजुरा। मंसिर ४ गते आइतबार निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ । निर्वाचन आयोगको निर्देशन पछि हिजो बिहीबारबाट थालिएको मतगणना आज शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत भेटिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो । 

    हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो । 

    मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार