काठमाडौं । निर्वाचनको परिणाम प्रत्यक्षतर्फ ३ सिटको मात्र बाँकी छ । समानुपातिक मतगणनाको परिणामले कुन पार्टीले कति सिट पाउँछन् भन्ने एकीन भइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने पक्कापक्की छ ।
ठूलो दलका नाताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउनका लागि पहल थालेका छन् । यसैक्रममा बिहीबार देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटेका छन् ।
देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । वार्ता सकारात्मक र परिणाममुखी भएको निधिले बताए ।
निधिले ट्विटरमा लेखेका छन्–‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सिके राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग बालुवाटारमा भेंट गराएर फर्कदै छु । दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend