Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस उपसभापति खड्काले खुमलटार पुगेर प्रचण्डलाई भेटे 


    बिहिबार, मंसिर १५ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन्। अध्यक्ष प्रचण्डलाई भेट्न खड्का आज बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले एकआपसलाई बधाई आदानप्रदान गरेका थिए ।

    निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

    नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार