Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिकतर्फ उदयपुरमा एमाले बन्यो पहिलो दल


    बुधबार, मंसिर १४ २०७९
    710
    Shares
  • ३ मिनेट पाठ
  • उदयपुर। प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार गरी ६ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ। 

    सत्तारुढ गठबन्धनसँग चुनावी मैदानमा उत्रिएको एमालेले प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं २ मा अम्बरबहादुर रायामाझीले मात्र प्रत्यक्षमा विजयको झण्डा फहराएका छन् । बाँकी ५ वटा क्षेत्रमा लोकतान्त्रिक–वामगठबन्धन समूहले नै जित निकालेको छ ।

    निर्वाचनको अन्तिम मतपरिणाम आउँदा जिल्लाभरबाट एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा ३७ हजार ६९९ मत पाएको छ । जसमा क्षेत्र नं. १ बाट २३ हजार ८३६ र क्षेत्रनं. २ बाट १३ हजार ८६३ मत पाएको हो ।

    प्रदेशसभातर्फ एमालेले ३९ हजार ७५४ मत प्राप्त गरेको छ । जसमा २५ हजार ७५ मत क्षेत्र नं. १ बाट र १४ हजार ६७९ मत क्षेत्र नं. २ बाट प्राप्त भएको हो । त्यसैगरी कांग्रेसले प्रतिनिधिसभातर्फ २९ हजार ९९४ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ को १९ हजार ४७९ र क्षेत्रनं. २ बाट १० हजार ५१५ मत प्राप्त भएको हो ।

    कांग्रेसले प्रदेशसभामा ३० हजार १४५ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ बाट १९ हजार ५४७ र क्षेत्र नं. २ बाट १० हजार ५९८ मत प्राप्त गरेको हो । एमाले र कांग्रेसपछि नेकपा माओवादी केन्द्रले तेस्रो स्थान पाएको छ । माओवादीले १७ हजार १४५ मत प्रतिनिधिसभामा प्राप्त गरेको छ । 

    जसमा क्षेत्रनं. १ बाट ९ हजार ७३९ र क्षेत्र नं. २ बाट ७ हजार ४०६ मत प्राप्त गरेको हो । माओवादीले प्रदेशसभामा क्षेत्र नं. १ बाट ८ हजार १७१ र क्षेत्र नं. २ बाट ७ हजार ३२६ मतसहित कुल १५ हजार ४९७ मत प्राप्त गरेको छ ।

    प्रतिनिधिसभातर्फ चौथो स्थानमा पुराना पार्टीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुगेको छ ।त्यसैगरी पाँचौमा राप्रपा, छैठौंमा नेकपा एकीकृत समाजवादीले स्थान ओगटेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार