Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन उपेन्द्र यादवले दिए निर्देशन


    बुधबार, मंसिर १४ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई आदेश दिएका छन् ।

    अध्यक्ष यादवले प्रदेश तथा जिल्ला समन्वय समितिलाई गरेको सर्कुलरअनुसार जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठकहरूमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको समेत उपस्थितिमा सत्य, तथ्यका आधारमा ठोस रुपमा विश्लेषणात्मक चुनावी समीक्षा गर्ने र सो को प्रतिवेदन १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका छन् । 

    मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका अध्यक्ष यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन । त्यसलगत्रै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । प्रतिनिधि सभा चुनावमा जसपाले प्रतिनिधि सभातर्फ ७ सिट जितेको छ भने प्रदेशतर्फ ९ सिट जितेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार