Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण


    मंगलबार, मंसिर १३ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। स्याङ्जा र बाजुराको रोकिएको मतगणना पुन:सुचारु गर्न नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियाे । उक्त निर्वाचनकाे स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका आयुक्तहरुलाई भेटेर रोकिएको मतगणना पुनः सुरु गर्न ध्यानाकर्षण गराएका हुन् । 

    पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचैजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएको  उपसभापति गुरुङले बताए। 

    ‘म उम्मेदवार भएर मात्र होइन पार्टीकै तर्फबाट रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार