Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • इलाम १ ‘क’ मा एकीकृत समाजवादीकी लङ्वा निर्वाचित 


    सोमबार, मंसिर १२ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । इलाम – १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू)ले नेकपा (एमाले)की शोभा पराजुलीलाई पराजित गर्दै विजयी भएकी छन्। 

    लङ्वाले एमालेकी पराजुलीलाई १ हजार नौ सय ७६ मतान्तरले पराजितगरेकी हुन् ।  लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरिन्। 

    प्रत्यक्षको मतगणना हिजै सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकको मतगणना सकेर आज मात्र अन्तिम परिणाम सार्वजनिक गरेको छ । यस  क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार