काठमाडौँ । गत आइतबार मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा पहिलोमा नेकपा एमाले रहेको छ भने नेपाली कांग्रेस तेस्रो पार्टी बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च मत प्राप्त गरेर दोस्रोमा रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले सार्वजनिक गरेको विवरणअनुसार एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९० मत प्राप्त गरेको छ भने रास्वपाले ३५ हजार ३ सय ८३ मत प्राप्त गरी ललितपुरमा दोस्रो पार्टी बनेको छ ।
यस्तै, कांग्रेसले ३३ हजार आठ सय ५१ मत प्राप्त गरी तेस्रो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार सात सय ३१ मत, माओवादीले १४ हजार ८३ मत, हाम्रो नेपाली पार्टीले पाँच हजार सात सय ६१ मत पाएको छ ।
नेपाल मजदुर किसान पार्टीले तीन हजार आठ सय ३२ मत, एकीकृत समाजवादीले तीन हजार एक सय ६० मत पाएको छ । समानुपातिकतर्फ जनता समाजवादी पार्टी, नेपालले आठ सय ८९ मत, राष्ट्रिय जनमोर्चाले चार सय ७६ मत, नेपालका लागि नेपाली पार्टीले चार सय ४६ मत र विवेकशील साझा पार्टीले तीन सय ९५ मत प्राप्त गरेको छ ।
ललितपुरमा समानुपातिकतर्फ ४७ राजनीतिक दलले भाग लिएका थिए । एकल चिन्ह बच्चा काखमा लिएकी आमा चिन्हमा तीन सय १९, जनमत पार्टीलाई तीन सय एक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई दुई सय ८२ मत, एकीकृत शक्ति नेपाललाई दुई सय ७४ मत, मंगोल नेशनल अर्गनाइजेशन पार्टीलाई दुई सय ७२ मत परेको छ ।
यसैगरी, जनजागरण पार्टी नेपाललाई २ सय ५६ मत, नेकपा मार्क्सवादी लेनिनवादीलाई दुई सय ५२ मत, आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई दुई सय २२ मत, राष्ट्रिय जनमुक्ति पार्टीलाई दुई सय १७ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई एक सय ८९ मत परेको छ । समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले एक सय ८७ मत, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले एक सय ८७ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक सय २९ मत, नेश्नलिष्ट पिपुल्स पार्टीले एक सय २२ मत, एकल चिन्ह गितारले एक सय १७ मत, नेपाली जनता दलले ९७ मत, कांग्रेस (बी.पी.) ले ८० मत प्राप्त गरेको छ ।
समानुपातिकमा ८० भन्दा कम मत ल्याउनेमा जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, मौलिक जरोकिलो पार्टी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल जनता पार्टी, नेपाल समावेशी पार्टी,राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय नागरिक पार्टी, मितेरी पार्टी नेपाल, बहुजन शक्ति पार्टी र बहुजन एकता पार्टी नेपाल रहेका छन् ।
ललितपुर ३ मा समानुपातिकतर्फ ६२ हजार पाँच मत खसेकोमा एक हजार आठ सय ५७ मत बदर तथा ६० हजार एक सय ४८ मत सदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । ललितपुर २ मा ५३ हजार एक सय ७७ मत खसेकोमा एक हजार आठ सय ७१ मत बदर र ५१ हजार तीन सय ६ मत सदर भएको निर्वाचन अधिकृत दीपशीखा मुनाकमीले जानकारी दिइन् । समानुपातिकमा ललितपुर १ मा ५१ हजार एक सय ६ मत खसेकोमा एक हजार पाँच सय ७४ मत बदर र ४९ हजार पाँच सय ३२ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend