Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा ७ हजार बढी मत बदर


    सोमबार, मंसिर १२ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • गुल्मी । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ मा र क्षेत्र नम्बर २ मा गरेर उक्त जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ ।

    दुई निर्वाचन क्षेत्र मात्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले बताएको छ।  जिल्लामा २ लाख २३ हजार ६१५ मतदाता मध्ये १ लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए ।

    क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १८२५ र प्रदेश सभातर्फ १६५९ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ १८९३ र प्रदेश सभातर्फ १६८४ मत बदर भएको स्रोतले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार