Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही १: समानुपातिकको मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न एमालेको माग


    सोमबार, मंसिर १२ २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनअन्तर्गत रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक तर्फको मतगणनामा धाँधली भएको प्रमाण भेटिएको भन्दै पुनः गणना गर्न  माग गरेको छ ।

    सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमालेका सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएको भन्दै पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धाँधली भएको जिकीर गरे ।

    नेकपा एमाले रुपन्देही सचिव यज्ञमुर्ति गैरेले ९ वटा मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको दाबी गरे। 

    विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक/एक सयको मुठ्ठा गणना गर्ने प्रक्रिया विपरीत एकै पटक १९१ मत चढाइएको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरुले पाएको वास्तविक मत संख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको गैरेले बताए ।

    यस विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामान्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रुपमा मतपरिणाम फरक पार्न खोजेको पुष्टि हुने गैरेको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार