Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन जिल्ला बाहेकको मत परिणाम १३ गतेसम्म आइसक्ने 


    आइतबार, मंसिर ११ २०७९
    580
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ। मङ्सिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । निर्वाचन आयोगले दोलखा, स्याङ्जा र बाबुराबाहेकका जिल्लाको मत गणना  मंसिर १३ गते मंगलबार बेलुकासम्म सक्ने भएको छ। बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम सोमबार साँझसम्म आइसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। 

    बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आइतबार बेलुका निर्णय लिने थपलियाले जानकारी दिए।

    धाँधली भएको भन्दै विवाद भएपछि ती जिल्लामा अझै पनि मतगणना सुरु हुन सकेको छैन। त्यहाँ पुनःमतदान हुनुपर्ने आवाज दलहरुले उठाएका छन्।

    पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ।

    त्यस्तै, एमाले ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ। नेकपा माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात, जनता समाजवादी पार्टी नेपालले ६ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ।

    स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन्। केही स्थानको विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन।

    त्यस्तै, समानुपातिकतर्फको ८६ लाख १९ हजार मतगणना सकिएको छ। समानुपातिकतर्फ एमालेले हालसम्म २३ लाख ७१ हजार ९६ मत पाएको छ।

    कांग्रेसले २२ लाख ७० हजार ७९४, माओवादी केन्द्रले ९ लाख ८७ हजार ८०९, स्वतन्त्र पार्टीले ९ लाख ४१ हजार ६७८ मत पाएको छ।

    राप्रपाले ४ लाख ९७ हजार २०६, जसपाले २ लाख ९९ हजार ५५४, जनमत पार्टीले २ लाख ३४ हजार १२७ र एकीकृत समाजवादीले २ लाख ३३ हजार ३५१ र नागरिक उन्मुक्ति पार्टीले २ लाख एक हजार ४५२ मत पाएको छ।

    निर्वाचन आयोगले मंसिर २५ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार