Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सञ्चारमन्त्री कार्कीले धाँधली भएको भनेपछि रोकिएको गणना पुन: सुचारु गर्न सर्वदलीय बैठक सुरू


    आइतबार, मंसिर ११ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको भनेपछि उक्त विषयलाई लिएर त्यहाँ विवाद चर्किदा हिजो शनिबार साँझबाट स्थगित मतगणना पुन:सुचारू गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरू भएको छ ।  

    कांग्रेस उम्मेदवारसमेत रहेका कार्कीले शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए 

    आजको बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख, उम्मेदवारहरू सहभागी छन् । शनिबार साँझको अपडेट अनुसार यहाँ कार्कीले झिनो मतले लिड गरेका छन् । कांग्रेसले पकड मानेको क्षेत्रबाट अपेक्षित मत नखसेपछि कार्कीले धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा पुन: मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।

    यहाँ एमालेका उम्मेद्वार जगदिश कुसियत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीबीच प्रतिस्पर्धा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार