Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिव छविलालले हराए घनश्याम भुसाललाई


    शनिबार, मंसिर १० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एमालेका पूर्वनेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित भएका छन् । स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाएका भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराएका हुन ।

     विश्वकर्मा २४ हजार ८७२ मतसहित विजयी हुँदा भुसालले २१ हजार ३०८ मत पाए । एमालेका तत्कालीन स्थायी कमिटी सदस्य भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।

    उनी ०७४ को निर्वाचनमा रुपन्देही(३ बाट निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार