Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • समानुपातिकमा राप्रपाले ३ लाख कटायो , कुन दलले कति ल्याए ?


    शुक्रबार, मंसिर ९ २०७९
    685
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। शुक्रबार दिउँसो ३ः४५ बजेसम्म समानुपातिक तर्फको करिब ४० लाख मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले तीन लाख मत कटाएको छ। योसँगै समानुपातिकमा तीन लाख मत कटाउने पाँचौं दल बन्न पुगेको छ।

    सार्वजनिक भएको मत परिणामअनुसार राप्रपाले तीन लाख एक हजार ५६६ मत प्राप्त गरेको छ। राप्रपाले योसँगै राप्रपाले थ्रेस होल्ड (तीन प्रतिशत) कटाउने सुनिश्चित भएको छ।

    त्यस्तै थ्रेस होल्ड कटाउनेमा आशंका रहेको एकीकृत समाजवादीले झन्डै एक लाख मत पुर्याएको छ। अहिलेसम्म उसले ९६ हजार ५६० मत पाएको निर्वाचन आयोगले जनाएको छ।

    यस्तै नेकपा एमाले १२ लाख ५५ हजार ६७९ मतका साथ पहिलो स्थानमा छ भने नेपाली कांग्रेसले ११ लाख ८४ हजार ११२ मत पाएर दोस्रो स्थान पाएको छ।

    यता राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ८३ हजार ७८५ मत ल्याउँदै तेस्रो स्थानमा यथावत छ भने नेकपा माओवादी केन्द्रले ५ लाख ४० हजार ६६० मत पाएको छ। जसपाले १ लाख ४५ हजार ४७० मत पाएको छ। मतपरिणामको पछिल्लो स्थितिले जसपाले पनि समानुपातिकको ‘थ्रेसहोल्ड’ पार गर्ने अनुमान गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार