Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले भने- देश दुर्घटनामा जाने अवस्थामा थियो तर गठबन्धन मिलेर जोगायौं  


    शुक्रबार, मंसिर ९ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनामा जाने अवस्थामा थियो तर गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको दाबी गरेका छन्। 

    ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,’ । 

    गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनको सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार