Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गठनको ५ महिनामै रविको रास्वपाले समानुपातिकमा ३ लाख मत कटायो


    शुक्रबार, मंसिर ९ २०७९
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । लगभग पाँच महिना अगाडि मात्रै गठन भएको पुर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ हालसम्मको जारी मत परिणाममा ३ लाख १४ हजार भन्दा बढी मत ल्याएर राष्ट्रिय पार्टी बन्ने  हैसियत सुनिश्चित गरेको छ । अहिलेसम्म गणना भएको करिब २४ लाख मतलाई शतप्रतिशत मान्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत मोटामोटी १५ प्रतिशत रहेको स्रोतले जनाएको छ। 

    निर्वाचन आयोगले मङ्सिर ४ गते आइतबार सम्पन्न आमनिर्वाचनमा १ करोड ९ लाख मत खसेको जनाएको छ । त्यसमा यदि सदर मत एक करोड भयो भने राष्ट्रिय पार्टी बन्न त्यसको ३ प्रतिशत अर्थात् ३ लाख मत ल्याउनुपर्ने हुन्छ । रास्वपाको मत तीन लाख कटिसकेकाले राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।

    यदि अहिलेकै अनुपात अन्तिमसम्म कायम राखेको खण्डमा यस पार्टीले अन्तिम परिणाममा समानुपातिकतर्फ १५ लाख मत ल्याउन सक्छ । त्यो भनेको १५ जनासम्म समानुपातिक सांसदको सुनिश्चितता हो । प्रत्यक्षतर्फ सात सिट रास्वपाले जितिसकेको छ र थप २ सिटको सम्भावना छ ।

    प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा २४–२५ सिट पुग्न सक्छ । यो भनेको संसद्को निकै बलियो शक्ति हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार