Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा–३ मा सिटौलालाई हराउँदै राप्रपाका अध्यक्ष लिङदेन विजयी


    बिहिबार, मंसिर ८ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः दोस्रो पटक विजयी भएका छन्। 

    उनी ४० हजार ६४८ मतसहित दोस्रो पटक सांसद बनेका छन्। एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्। 

    सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्। 

    यस क्षेत्रमा ८९ हजार ६३७ मत खसेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार