काठमाडौँ। मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह २ हजार ३९३ मत अन्तरसहित विजयी भएका छन्। यो क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।
सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले हराउदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन्।
यस्तै एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरे ।
सिंहले पहिलो पटक संसदीय चुनाव जितेका हुन् । सिंह यसअघि २०५४ सालमा तत्कालीन हेटौँडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग, २०५६ मा मकवानपुर क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग, २०६४ को संविधानसभा सदस्य चुनावमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित भएका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend