Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चुनाव जितेपछि तोसिमा भन्छिन्- यो जीत होइन, जिम्मेवारीको यात्रा सुरु भएको हो 


    बिहिबार, मंसिर ८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । तोसिमा ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।

    कार्कीले यो जित आफ्नो लागि भन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको दाबी गरेकी छन्। 

    ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

    यस्तै जनताले गरेका ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् ।

    जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिवद्धता छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार