Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुष्पा भुसालको हारपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलले दिए राजीनामा


    बिहिबार, मंसिर ८ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता गठबन्धन दल नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका स्रोतले जनाएको छ। 

    उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार