Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् प्रतिनिधिसभामा हालसम्म जित्ने उमेदवार (सूचीसहित)


    बुधबार, मंसिर ७ २०७९
    695
    Shares
  • ८ मिनेट पाठ
  • काठमाडौं । आइतबा मंसिर ४ गते भएको प्रतिनिधिसभा तर्फको १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म २४ स्थानको अमिन्तम मत परिणाम सार्वजनिक भएको छ । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना अझै जारी छ । अहिलेसम्मको परिणाममा प्रत्यक्ष तर्फ कांग्रेस १३ एमाले ४, राष्टिय स्वतन्त्र पार्टी ३ र माओवादीले १ स्थानमा विजयी भएको छ। 

    मुलधारका पार्टीहरु कांग्रेस, एमाले र माओवादीको कार्यशैलीका कारण आजित भएका मतदाताले यसपटकको चुनावमा नयाँ दललाई पनि अनुमोदन गरेका छन् । रवि लामिछानेको राष्टिय स्वतन्त्र पार्टी (रास्वप), सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी यसपटक नयाँ शक्तिका रुपमा उदाएको छ ।

     रवि लामिछानेको पार्टीले त माओवादीलाई समेत अहिलेसम्म प्राप्त प्रत्यक्ष तथा समानुपातिक दुवै मत परिणाममा पछि पारिरहेको छ ।

    नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपाले पनि अहिलेसम्म एक एक स्थानमा जित निकालेका छन् ।

    हेर्नुहोस कहाँ क-कसले जिते ?

    नेपाली कांग्रेस

    १ ) प्रदीप पौडेल, काठमाडौं ५

    कांग्रेसका प्रदीप पौडेलले १५२३७ मतसहित जित नुकाले । उनका निकटतम प्रतिद्दन्द्दी एमालेका इश्वर पोखरेलले १०१७५ मत पाएका थिए ।

    २) योगेश गौचन थकाली, मुस्ताङ १

    कांग्रेसका योगेश गौचन थकालीले ३९९२ मत पाएर जिते । उनका प्रतिद्दन्द्दी एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका थिए । 

    ३) मोहन आचार्य, रसुवा १

    कांग्रेसका मोहन आचार्यले फेरि रसुवाबाट दोहोरयाएर चुनाव जिते । उनले १८२३५ मत ल्याएर चुनाव जिते । उनी ०७४ मा पनि त्यहीबाट निर्वाचित सांसद थिए । उनका प्रतिद्दन्द्दी एमालेका छोवाङ तेन्जीन तामाङले ८६१४ मत ल्याएका थिए ।

    ४) टेक बहादुर गुरुङ , मनाङ, १

    कांग्रेसका गुरुङले २५७५ मत पाएर चुनाव जिते । उनका प्रतिद्दन्द्दी पोल्देन छोपाङ गुरुङ ले २२४७ मत ल्याएका छन् ।

    ५)राजेन्द्र कुमार केसी, काठमाडौं १०

    कांग्रेसका राजेन्द्र कुमार केसीले १४४५८ मत ल्याएर चुनाव जिते । यो उनको ह्याटिक हो । उनका निकटतम प्रतिद्दन्द्दी एमालेका हिमेस केसीले ११७८६ मत पाएका छन् ।

    ६) उदयशम्शेर ज ब. राणा, ललितपुर १

    कांग्रेसका उदयशम्शेरले २३९९२ मत पाएर चुनाव जिते । उनले ०७४ मा चुनाव जितेका एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् । सिलवालले भने १९२६६ मत पाएका छन् ।

    ७) हदयराम थानी, सुर्खेत २

    कांग्रेसका थानीले ३४६२५ मत पाएर जितेका छन् । उनका प्रतिद्दन्द्दी एमालेका अमृत बहादुर बुढा क्षेत्री भएका छन् । बुढाक्षेत्रीले २९५५८ मत पाएका छन् ।

    ८) सन्तोष चालिसे, काठमाडौं ३

    कांग्रेसका चालिसेले १५१५८ मत पाएर चुनाव जिते । उनका निकटतम प्रतिद्दन्द्दी एमालेका कृष्णबहादुर राईले १११९६ मत ल्याए । राइृ ०७४ मा चुनाव त्यही क्षेत्रमा जितेका थिए ।

    ९) शंकर भण्डारी तनहुँ २

    कांग्रेसका शंकर भण्डारीले ३०६०४ मत पाएर चुनाव जिते । उनका प्रतिद्दन्द्दी एमालेका करिण गुरुङले २५१३० मत पाएका थिए ।

    १०) रमेश रिजाल, पर्सा ४

    कांग्रेसका रमेश रिजालले ३११४२ मत ल्याएर चुनाव जिते । उनका प्रतिद्दन्द्दी एमालेका जालिम मियाँ मंसुरीले २५६१२ मत पाएका थिए ।

    ११) शेरवहादुर देउवा, डडेलधुरा १

    कांग्रेस सभापति र प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवाले २५५३४ मत पाएर त्यही निर्वाचन क्षेत्रमा २०४८ यता निरन्तर सातौं पटक चुनाव जित्ने नेताका रुपमा आफुलाई स्थापित गरे । उनका प्रतिद्दन्द्दी गुल्मीका स्वतन्त्रका सागर ढकालले डडेलधुरामा गएर देउवासँग प्रतिस्पर्धा गर्दा १३०४२ मत पाएका थिए ।

    १२) प्रकाशमान सिंह , काठमाडौं १

    काठमाडौं १ बाट कांग्रेसका प्रकाशमान सिंहल्े पनि ह्याटिक गरे । उनले ७ हजार १४३ मतका साथ यसपटक जित निकाले । उनका प्रतिद्दन्द्दी ०७४ सालमा झै यसपटक पनि रवीन्द्र मिश्र बने । राप्रपाका मिश्रले ७०१८ मत पाएका थिए ।

    १३) गगन थापा, काठमाडौं ४

    कांग्रेस महामन्त्री समेत रहेका गगन थापाले २१३०२ मत सहित चुनाव जिते । उनी लगातार यही क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुन् । उनले एमालेका राजन भटटराईलाई पराजित गरेका थिए । एमालेका भटटराईले १३८५५ मत पाएका थिए ।

     

    एमालेबाट निर्वाचित

    १) गोकर्ण विष्ट गुल्मी २

    एमाले सचिव रहेका गोकर्ण विष्ट गुल्मी २ बाट २८४८५ मत सहित विजयी भए । उनले आफ्नै पार्टीका पूर्व सहकर्मी तथा अहिले नेकपा एकीकृत समाजवादीका सचिव रहेकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । झाँक्रीले २६४४१ मत पाएकी थिइन ।

     

    २) कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९

    एमालेका कृष्णगोपाल श्रेष्ठले काठमाडौं ९ मा १९९५६ मत ल्याएर चुनाव जिते । उनका निकटतम प्रतिद्धन्द्धी रवि लामिछानेको पार्टी राष्टिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाएका थिए । सत्ता गठबन्धनकी कल्पना धमला यहाँ प्रतिस्पर्धामै देखिएनन ।

    ३) अम्बर वहादुर रायमाझी, उदयपुर २

    एमालेका अम्बरवहादुर रायमाझीले १५२५१ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्दन्द्दी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२८९३ मत पाएका थिए ।

    ४) प्रेम वहादुर महर्जन, ललितपुर २

    एमालेका प्रेम वहादुर महर्जनले १५०२५ मत पाएर चुनाव जिते । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्य बने । शाक्यले ८८८६ मत पाएका थिए । यहाँ एमाले भारी मतले जितेको थियो ।

    राष्टिय स्वतन्त्र पार्टी

    १) गणेश पराजुली काठमाडौं ७

    राष्टिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले कुल ८७४३ मत ल्याएर चुनाव जिते । उनका निकटतम प्रतिद्दन्द्दी श्याम कुमार घिमिरेले ६८०० मत पाएका थिए । यहाँ माओवादीकी मानुषी यमी भटटराई तेस्रो स्थानमा रहेकी थिइन् ।

    २) विराजभक्त श्रेष्ठ काठमाडौं ८

    राष्टिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १०१०५ मत ल्याएर चुनाव जिते । यस अगाडी उनी विवेकशील साझाबाट प्रदेश सांसद थिए । उनले हाम्रो नेपाल पार्टीका सुमन सायमीलाई पराजित गरेका हुन् । सायमीले ६१७४ मत ल्याएका थिए ।

    ३) सोविता गौतम, काठमाडौं २

    राष्टिय स्वतन्त्र पार्टीका नेतृ सोविता गौतमले १५२२९ मत पाएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्दन्द्दी एमालेका मणिराम फूयाँल हुन् । फूयाँलले ११५५५ मत ल्याएका थिए । यहाँ माओवादीबाट पूर्व सभामुख ओनसरी घर्ती मगर पनि चुनाव लड्की थिइन् । उनीलाई समेत पराजित गदैं गौतम निर्वाचित भएकी हुन् ।

    माओवादी केन्द्र

    १) लेखनाथ दाहाल (राजन) सिन्धुली २

    माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य लेखनाथ दाहालले २७५१७ मत ल्याएर चुनाव जितेका हुन् । यहाँ उनले एमालेका मनोजजंग थापालाई पराजित गरेर चुनाव जितेका हुन् । दाहाल यस अगाडी प्रदेश सभा सांसद थिए । एमालेका थापा पनि विगतमा माओवादी नै रहेपनि एमाले माओवादी नेकपाकालपछि अलग भएपछि माओवादी छोडेर एमालेमा रहेका नेता हुन् ।

    नेकपा एकीकृत समाजवादी

    १) शेरवहादुर कुंबर , अछाम १

    एकीकृत समाजवादीका शेरवहादुर कुंबरले १९५३४ मत पाएर चुनाव जितेका हुन् । उनले एमालेका झपट बहादुर बोहोरालाई पराजित गरेका हुन् । बोहोराले १५०४५ मत पाएका थिए ।

    राष्टिय प्रजातन्त्र पार्टी

    १) धबल शम्शेर जबरा , बाँके २

    राष्टिय प्रजातन्त्र पार्टीका नेता धबलशम्शेर राणाले बाँके २ बाट निर्वाचित भएका हुन् । उनले २९५७७ मत पाएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्दन्द्दी जसपाका मोहम्मद इस्तियाक राई हुन् । उनले २३५२० मत पाएका थिए । राई यस अगाडी यही क्षेत्रका सांसद थिए ।

    नागरिक उन्मुक्ति पार्टी

    १) गंगाराम चौधरी कैलाली ३

    नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३१२० मत ल्याएर चुनाव जिते । उनका निकटतम प्रतिद्दन्द्दी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७७४९ मत पाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार