पोखरा । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका छन् । कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले १ सीट र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन् ।
कांग्रेसले बागलुङका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १-१ क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको एउटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जिते ।
गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्र प्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । यस्तै, बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जीत शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी भएका छन् । मनाङ (क) मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जिते । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जीत प्रकाश आलेले चुनाव जिते ।
एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्कीले जितेका छन् । माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जिते भने मनाङको (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका हुन् । अब गण्डकीमा २२ सीटको नतिजा आउन बाँकी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend