Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित


    मंगलबार, मंसिर ६ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका छन्। यसअघिको निर्वाचनमा पनि यही  क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए।

    उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए।  माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।

    यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार