Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरी २ को प्रदेशतर्फको दुवै सिटमा जनमत पार्टी विजयी


    मंगलबार, मंसिर ६ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रदेशसभाअन्तर्गत सप्तरी–२को दुबै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भएका हुन् । उनले प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । साहले जम्मा ८ हजार २९२ मत पाए । यस्तै तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १३२ मत पाए । 

    यस्तै प्रदेशसभातर्फको क्षेत्र नम्बर २ मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भए । उनले १३ हजार ३२५ मतका साथ विजय हासिल गरेका हुन् भने माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार