Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भक्तपुर १ (क) मा कांग्रेसको अग्रता 


    मंगलबार, मंसिर ६ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। भक्तपुरको प्रदेश सभा सदस्यकाे निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस अगाडि छ । आज मंगलबार दिउँसो १ बजे सम्म कांग्रेसका उम्मेदवार सुरेश श्रेष्ठले ७ हजार २५६ मत ल्याएर अग्रता लिएका हुन्। 

    उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहनविर श्रेष्ठले ६ हजार २४१ मतसहित सुरेश श्रेष्ठलाई पछ्याउँदै आएका छन् । 

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजु कुइँकेलले चार हजार १३१ मत, नेपाल मजदुर किसान पार्टीका मिनबहादुर बाटाले तीन हजार ५८८ मत, स्वतन्त्रका श्री भक्त काशिछवाले छ सय ९४ मत ल्याएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार