Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता कायमै


    मंगलबार, मंसिर ६ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।

    आज मंगलबार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६८२ मत पाएका छन् ।

    पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँगको मतान्तर २५३८ पुर्‍याएका छन् ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार