Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा देउवाको अग्रता, ४५८० मतले सागर ढकाल पछि


    मंगलबार, मंसिर ६ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम राखेका छन्।

    हजुर बुवा पुस्तालाई विदाई गरेर आराम गराउनु पर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकाल प्रधानमन्त्री एवम् कांग्रेसका सभापति देउवासँग  ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् । 

    प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र डडेल्धुरामा देउवाविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ ।

    नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार