धनगढी । आइतबार सम्पन्न भएको निर्वाचनको कैलाली क्षेत्र नम्बर ३ को अन्तिम नतिजा सार्वजनिक भएसंगै यहाँ नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । उक्त पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम नतिजाअनुसार गंगाराम चौधरीले ढकिया चुनाव चिह्नमार्फत २३ हजार १२० मत प्राप्त गरेर जित निकालेका छन् ।
निर्वाचनमा यहाँ ६३ हजार ४४० मत खसेको थियो । जसमा सदर ५९ हजार ७१९ मात्र गणना भएको छ । ४ हजार २१ मत बदर भएको छ ।
उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका छन्। चौधरीले प्रतिस्पर्धी कृष्णकुमार चौधरीलाई ५३७१ मतको अन्तरमा पछि परेका हुन्।
यस्तै, नेकपा (एमाले)बाट चुनाव लडेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन् भने राप्रपाका वीरेन्द्र बमले ७ हजार ४५ मत पाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend