काठमाडौं। आइतबार मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित भएका छन् । थापाले यो क्षेत्रबाट फराकिलो मत अन्तरले नेकपा एमाले उम्मेदवार राजन भट्टराईलाई पछि पार्दै ह्याट्रिक जित निकालेका छन् । तर अझै औपचारिक घोषणा हुन भने बाँकी रहेको स्रोतले जनाएको छ।
उक्त क्षेत्रबाट थापाले २१ हजार ३०२ मत प्राप्त गरेर ७,४५७ भारी मतको अन्तरले एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् ।
थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए ।
२०७४ सालमा पनि थापाले भट्टराई नै पराजित गरेका थिए । त्यसबेला माओवादीको साथ रहँदासमेत भट्टराई थापासँग पराजित हुन पुगेका थिए ।
२०७४ सालमा थापाले तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
तेस्रोपटक राजन भट्टराईलाई पराजित गरेर जितमा ह्यार्टिक गरेका थापा र उनका समर्थकले विजयोत्सव मनाएका छन् ।
साथै यसपटक थापाले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । 




बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend