काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् ।
काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन् ।
एमाले महासचिव पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा तथा उपाध्यक्ष पाण्डे चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन् । उपाध्यक्ष पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा केही मतले पछि छन् । त्यहाँ भर्खर मतगणना सुरु भएको हो ।
झापा ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीको मतपरिणाम सार्वजनिक भइसकेको छैन । सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्यालको क्षेत्रमा मतगणना सुरु भएको छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend