Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु


    सोमबार, मंसिर ५ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाटै मतपत्र खसेपछि लफडा सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो । 

    उक्त चर्किएको विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सोही मतपत्रका विषयमा सहमति भएपछि मात्र २ बजेदेखि मतगणना सुरु गरिने स्रोतले जनाएको छ। 
     
    यस क्षेत्रबाट झलनाथ खनाल र एमालेबाट महेश बस्नेत उम्मेदवार छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार