Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुर ३ मा पम्फालाई स्वतन्त्रकी तोसिमाले पछारिन् 


    सोमबार, मंसिर ५ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ८७५ मत प्राप्त गरेर सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । ललितपुर क्षेत्र नम्बर ३ मा सुरुदेखि नै नेकपा एमालेका अमृत खड्काले सुरुवाती अग्रता लिएका छन् भने तोसिमाले ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् र ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् ।

    एमालेका अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् । खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छन्।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार