Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने


    सोमबार, मंसिर ५ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  हिजो आइतबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएसँगै एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । 

    मतगणनास्थलमा हाल तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि मात्र सुरु हुने भएको स्रोतले जनाएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

    मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको उनको भनाइ छ । धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई र नेपाली कांग्रेसबाट सुनिलबहादुर थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार