Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनाव जितेमा मुस्ताङका योगेश गौचन सम्भवत: कान्छो सांसद बन्ने


    सोमबार, मंसिर ५ २०७९
    975
    Shares
  • १ मिनेट पाठ
  • कास्की । मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ ।

    मुस्ताङमा आधा मतगणना हुँदा गौचनले एमालेका प्रेमप्रसाद तुलाचनालाई पछि पार्दै हालसम्म थकालीले २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार १६५७ ले पछयाउँदै रहेका छन ।

    हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ । सो पार्टीका स्वदेश गुरुङले ४० मत ल्याएका छन् भने हालसम्म मतगणना भएको मध्ये मुस्ताङमा ४० मत बदर भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार