Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मतदानस्थलमा प्रवेश गरिसकेका मतदाताले ५ बजेपछि समेत भोट हाल्न पाउने


    आइतबार, मंसिर ४ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधि सकिएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउनेछन् ।

    यस्तै केही विवाद भएर स्थगित भए पनि पुनः मतदान सुचारु भएका स्थानमा समेत साँझ ७ बजेसम्म मतदान गर्न पाउनेछन् । रोकिएका कतिपय स्थानमा समेत पुनः मतदान गराउने प्रयास भइरहेकाले मतदान समय लम्बिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

    आयोगले आमनिर्वाचन २०७९ समग्रमा शान्तिपूर्ण भएको जनाएको छ । छुटफुट स्थानमा सामान्य विवाद भएपनि यसले समग्र निर्वाचनलाई खासै असर नपर्नेसमेत आयोगले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार