Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १६ जना सहसचिव र उपसचिवको सरुवा


    आइतबार, साउन २५ २०७७
    3.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले १६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्री स्तरीय बैठकले तीन सहसचिवसहित १३ जना उपसचिवको सरुवा गरेको हो ।

    गृह मन्त्रालयका सहसचिव त्रय अरुण पोखरेललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी र सन्त बहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गृह मन्त्रालय, दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सिँहदरवार र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    मन्त्रालयका उपसचिव कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय झापामा पदस्थापन गरेको छ भने दीपक कोइरालालाई जिल्ला प्रशासन कार्यालय धनुषामा पदस्थापन गरिएको छ ।

    त्यसैगरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलाई जिल्ला प्रशासन कार्यालय मनाङको प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

    यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिँहदरवारका निर्देशक हिरादेवी पौडेललाई मुस्ताङको सिडिओ बनाई पठाइएको छ भने जिल्ला मुस्ताङका सिडिओ वेद प्रसाद अर्याललाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थलाई गृह मन्त्रालयमा तानिएको छ ।

     

    CDO_saruwa.jpg_.2020-08-09-1536x922.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार