काठमाडौं । निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।
‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।
मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।
आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना लगाएको स्रोतले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend