काठमाडौँ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएसंगै मतदान स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितका टोली खटिएका छन्।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका मतदानका लागि सबै तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा २५ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार ६ हजार ४१० जना जनपद प्रहरी, ११ हजार ५५९ म्यादी परिचालन भएका छन् भने त्यतिकै संख्यामा शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ । सुदूरपश्चिममा प्रदेशका नौ वटा जिल्लामा १७७ वटा मोबाइल टोली र २० वटा ‘रिजर्भ फोर्स’ तयारी अवस्थामा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशभर १ हजार १ सय ६१ वटा मतदानस्थल बनाइएको छ । तीमध्ये सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ कूल १६ लाख ५६ हजार ४ जना मतदाताले मतदान गर्न पाउनेछन् ।
प्रतिनिधिसभाका सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend