काठमाडौं। निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तथा सम्पूर्ण नतिजा तीन दिनभित्र नै सार्वजनिक गर्ने तयारी गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन मंसिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना रहेको बताए।
प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम ५ दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयुक्त थपलियाले जानकारी दिएका छन्।
‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरू हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं,’ थपलियाले आयोमेलसँग भने,‘मतदान सकिएको ८ दिनभित्र प्रत्यक्ष र समानुपातिक दुवैको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौ।’उनले बढीमा मंसिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन तयार पार्ने तयारी रहेको दाबी गरे।
‘नतिजा निस्किएपछि राजनीतिक दलहरूले समानुपातिकतर्फको प्रतिनिधि छान्नुप¥यो, अनि आयोगले प्रमाणपत्र दिनुप¥यो,’ उनले भने,‘कानुनबमोजिम दलहरूले हप्ता दिन समय पाउँछन्, २२ गतेभित्र सबैथोक सक्ने लक्ष्य राखेका छौं।’मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन देशभर एकै चरणमा हुँदैछ।
बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई चेतावनी दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए ।
यो चुनावका लागि १ करोड ७९ लाख ८० हजार ५७० मतदाता कायम छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ। यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend