काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न हुन गहिरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा घर जानेको संख्या केही दिनयता नै ह्वात्तै बढेको छ। यतिबेला मतदाताहरु आफ्नो गाउँ तथा निर्वाचन क्षेत्रका उमेदवारलाई चुनाव जिताउन झोला बोकेर धमाधम गाउँ फर्किरहेका छन्। अघिल्ला दिनको तुलनामा आज भोलि काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
शिक्षा, रोजगारीका लागि काठमाडौं उपत्यकामा देशभरका नागरिक बस्छन् । केहि दिनआघि दशैं मनाउन काठमाडौंबाट २८ लाख सर्वसाधारण आफ्नो घर फर्किएका थिए । यस्तै चुनावमा पनि घर जानेको संख्या पनि उस्तै रहेको हो। सर्वसाधारणले आफ्नो गाउँ तथा निर्वाचन क्षेत्रका उमेदवारलाई चुनाव जिताउन आफ्नो गाउँ फर्केका हुन्।
मंसिर ४ गते चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज र भोलि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको स्रोतले जनाएको छ।
कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ ओसार्न निःशुल्क गाडीको समेत व्यवस्था नै गरेका छन् ।
ती गाडीहरुमा दलका झण्डा र चुनाव चिह्न राखिएका छन् । एक जना कार्यकर्ताले सबैको नाम ठेगाना टिपेर काठमाडौंबाट गाउँ पठाइएको बताए ।
ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको बताए।


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend