Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी


    बिहिबार, मंसिर १ २०७९
    730
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। बहुविवाहमा संलग्न रहेको भन्दै कांग्रेसबाट रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारी विरूद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । 

    सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका कांग्रेस केन्द्रीय सदस्य खाँणको उम्मेदवारी खारेजी सहित कानुनी कारबाहीको माग गर्दै अधिवक्ता तारा बरालले बिहीबार उजुरी दर्ता गरेकी हुन्। 

    ‘खाँण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो’ बरालले भनिन्, ‘खाँणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ । देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाँण, काठमाडौंमा मञ्जु खाँण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’ 

    ठूला तथा सम्पत्ति वालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनले बताइन् ।

    निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपश्चात प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ । 

    उजुरी बुझ्दै रूपन्देही–३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले चुनाव चिन्ह वितरण भइसकेको अवस्थामा उजुरी माथिको छानबिन तथा कारबाही निर्वाचन आयोग काठमाडौंबाट हुने बताए । 

    गृहमन्त्री खाँण बहुविवाहमा संलग्न रहेको सरकारी कागजातहरूबाटै पुष्टि भएको छ । निर्वाचन आयोगमा रहेका कागजातले नै खाँण बहुविवाहमा संलग्न रहेको देखाएको स्रोतले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार