Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचनको नतिजा २२ मंसिरअघि नै राष्ट्रपतिलाई बुझाउँछौँ : निर्वाचन आयोग


    बिहिबार, मंसिर १ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले यही ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अर्थात् निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको  निर्वाचित उम्मेदवारको नामावली २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने बताएका छन्। 

    आज रातिबाट निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो । 

    ४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार