Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं १ मा एमाले उम्मेदवारलाई राप्रपाको समर्थन


    बिहिबार, मंसिर १ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) ले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् ।

    राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेका अनुसार काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको हो। 

    एमालेलाई सहयोग गर्न राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको घिमिरेले बताए। 

    उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार